स्वास्थ्य परिक्षण गराउन त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौँ, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराउनका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । गतसाता सिंगापुरबाट मृगौलाको उपचार गरि फर्किएका प्रधानमन्त्री नियमित फलोअपका लागि बुधबार विहान त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको बताइएको छ ।

सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।