काठमाडौं । लगातार चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ३.४६ अंकले घटेर ११६३.२१ बिन्दूमा झरेको छ ।
कुल १७१ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३४ करोड १७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य करिब साढे ४ प्रतिशतले बढेको छ । तर, नबिल इक्वियुटी फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
यस दिन सबैभन्दा बढी सोल्टी होटलको शेयर किनबेच भएको छ । यस कम्पनीको साढे चार करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज सामूहिक लगानी कोष समूहबाहेकसबै समूहको परिसूचकमा गिरावट आएको छ ।