नेपाल वंगलादेशको ९५ औँ शाखा ललितपुरको खोकनामा

दियो पोस्ट  

काठमाडौँ, भदौ २६ । नेपाल बंगलादेले लतिलपुरको खोकनामा आफ्नो नयाँ शाखा खोलेको छ । विहीबार नेकपा सांसद पम्फा भुसालले बैँकको नयाँ शाखा उद्रघाटन गरेकी हुन् ।

सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए ।

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो। साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा बिस्तारसगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटिएमबाट बैंकिङ्ग सेवा दिने बताइएको छ ।