युवासंघमा ३ सय ३१ केन्द्रिय सदस्य रहने, पेरिसडाँडालाई केन्द्रिय कार्यलय बनाउन प्रस्ताव !

दियो पोस्ट  

काठमाडौँ, भदौ २६ । राष्ट्रिय युवा संघ नेपालले केन्द्रिय कार्यलय पेरिसडाँडा बनाउन प्रस्ताव गर्ने भएको छ । युवा संघको संगठनात्मक एकता प्रकृया अगाडी बढाउन बसेको बैठकले संगठनको केन्द्रिय कार्यलय पेरिसडाँडा बनाउने लगायत केन्द्रिय सदस्य संख्याको सम्वन्धमा समेत टुंगो लगाएको छ ।

संगठनका इन्चार्ज महेश बस्नेत, सह इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’, सह–संयोजक रमेश पौडेल उपस्थित विशेष बैठकले एकीकरण प्रकृयालाई तिब्र गतिमा अगाडि बढाउँदै युवा परिचालनको निर्णय गरेको हो ।

युवा संघको केन्द्रीय समिति अब तीन सय ३५ सदस्यीय हुनेछ । साविक युवा संघबाट एक सय ७६ र साविक वाईसीएलबाट एक सय ५५ सदस्य हुनेछन् । त्यसबाहेक चारजना मनोनीत हुनेछन् । नयाँ केन्द्रीय समितिको बैठक ९ असोजमा काठमाडौंमा हुने भएको छ ।

नौ सदस्यीय केन्द्रीय कार्यालयमा पाँच सदस्य युवा संघबाट र चार सदस्य वाईसीएलबाट हुनेछन् । सातमध्ये चार प्रदेशमा युवा संघले र तीनमा वाईसीएलले संगठनात्मक नेतृत्व लिने निर्णय भएको छ । कुन प्रदेशमा कुन पूर्व संगठनले नेतृत्व लिने भन्ने चाहिँ राष्ट्रिय युवा संघको विज्ञप्तिमा खुलाइएको छैन ।

त्यसैगरी ७७ मध्ये ४२ जिल्लमा साविक युवा संघको र ३५ जिल्लामा साविक वाईसीएलको नेतृत्व हुनेछ ।

TATA ADD