धादिङ, भदौ २७ । लागु पदार्थको रुपमा अत्याधिक प्रयोग हुने गाँजा नष्ट गर्नका लागि धादिङ प्रहरी थप सक्रिय बनेको छ । पछिल्लो समय धादिङ सदरमुकाम आसपास तथा राजमार्ग क्षेत्रमा गाँजाको खेती बढ्न थालेपछि प्रहरी सक्रिय भएका हुन् ।
शुक्रबार धादिङको थाक्रे गाउँपालिका–३ टोड्के तथा देउराली आसपासमा खानीखोला प्रहरी कार्यलयबाट खटिएको टोलीले करिब २ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको गाँजा खेती नष्ट गरेको छ ।
खानिखोला प्रहरी कार्यलयका इन्सपेक्टर रुक बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीमा १२ जना प्रहरी जवान, स्थानीय तहका जनप्रतिनिधि तथा युवा क्लव गरि करिब ५० जनाले सामुहिक रुपमा गाँजा खेती नष्ट गरेको हो ।
यसअघि पनि जिल्ला प्रहरी धादिङको टोलीले गजुरीमा करिब २ सय ५० रोपनी क्षेत्रफलमा नै लगाइएको गाँजा खेती नष्ट गरेको थियो । जिल्लाका ग्रामिण भेगहरुमा पनि गाँजा खेती नष्ट गर्नका लागि प्रहरी सक्रिय हुँदै जाने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।