काठमाडौँ, भदौ २९ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समुहको गोली लागेर एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो बैँकबाट पैसा लिएर आउँदै गरेका रोहिणी गाउँपालिका ३ का ३७ बर्षीय महेन्द्र कुर्मीमाथि गोली प्रहार भएको हो ।
गोली कसले चलाएको भन्ने खुल्न भने सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जनाएको छ ।
उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । प्रहरीले डाका समुहबारे खुलाएको छैन् ।
रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला लुटपाट हुने स्थानमा पर्दछ।