धादिङ, भदौ २९ । धादिङको ज्वालामुखी गाउँपालिका–२ का ७५ जना व्यक्तिहरु नेपाली काँग्रेस प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्नेहरुका पुर्व माओवादी र पुर्व एमालेका जिल्ला तहका पुर्व नेताहरु समेत रहेका छन् । आइतबार नेपाली काँग्रेसका पुर्वसभासद रामनाथ अधिकारी, जिल्ला सभापती रमेश धमला, निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना लगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् ।
नेपाली काँग्रेस प्रवेश गर्नेहरुमा तात्कालिन माओवादी केन्द्रका धादिङ जिल्ला समिती सदस्य तथा मैदी गाउँ विकास समिती सेक्रेटरी लालबहादुर कार्की, स्थानीय नेताहरु नरेन्द्र प्रताप शाह, पुर्व एमालेका स्थानीय नेता पम्फा तिवारी, जित बहादुर तामाङ रहेका छन् ।
कार्यक्रममा ७५ जनाले एकैपटक पार्टी प्रवेश गरेको नेपाली काँग्रेस मैदीका क्रियाशिल सदस्य तथा नेविसंघ पाटन संयुक्त क्याम्पसका विद्यार्थी नेता माधव तिवारीले दियोपोस्टलाई जानकारी दिएका छन् । तिवारीले पार्टी प्रवेश गर्नेको सुचिमा सय जनाभन्दा बढीको नाम भएपनि करिब ४० जना कार्यक्रममा उपस्थित नभएको बताएका छन् । कार्यक्रमा अनुपस्थित भएकाहरुलाई समेत छिट्टै प्रवेशको गराउन तयारी गरिएको उनले बताए ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद राजाराम कार्की, नेपाली काँग्रेस केन्द्रिय प्रतिनिधि बिमल ठकुरी , महासमिति सदस्य यमनाथ दनै लगायत उपस्थित भएका थिए ।