प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार

दियो पोस्ट  

कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुने गरी दिनभरि भएका प्रदर्शनपछि राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्।

दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो।

मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए।

आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए, अवरोधहरू तेर्स्याएका थिए र एउटा रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए।

केही प्रदर्शनकारीले ब्रिटिश कन्सुलेटबाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए।

तनावको कारण के?

प्रहरी निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौँ लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको थियो।

सैयौँको सङ्ख्यामा प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए।

समाचारहरूमा जनाइए अनुसार केही प्रदर्शनकारीले चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर रहेका प्रहरीमाथि इँटा प्रहार गरेको जनाएका छन्।

उक्त सैन्य इलाका हङ्‌कङको संसद्‌ भवन र सरकारी कार्यलयहरूनजिकै अवस्थित रहेको छ।

उनीहरूले जनगणतन्त्र चीन स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गरिएको एउटा ब्यानरमा पनि आगो लगाइदिएको रोयर्टस समाचार संस्थाले जनाएको छ।

TATA ADD