काठमाडौं,भदौ ३० । असोज ३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा दयाहाङ राई र उपासना सिंह ठकुरीविचको प्रेम भाव देख्न सकिन्छ।
कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वरमा तयार भएको यो गीतले फिल्मका प्रमुख पात्र दयाहाङको प्रेम मनोदशालाई झल्काउँछ। रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको समेत अभिनय छ।
यो फिल्म व्यवसायिक र समीक्षागत रुपमा सफल मानिएको ‘कबड्डी’को तेश्रो सिरिज हो। पहिलो सिरिजिदेखि नै यो फिल्ममा दयाहाङ ‘काजी’को भूमिकामा आबद्ध छन्।