काठमाडौं । हालसम्म १६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण भइसकेपनि ट्राफिक प्रहरीसँग त्यसको जाँच गर्ने मेसिन एउटामात्र छ।
यातायात व्यवस्था विभागले मेसिनले पढ्न सक्ने स्मार्ट लाइसेन्स बाँड्ने कामलाई तीव्रता दिएपनि कार्ड पढ्न सक्ने मेसिन नहुँदा परीक्षण र अनुगमनमा समस्या परेको अधिकारीहरूले बताएका छन्।
नेपाल प्रहरीको ट्राफिक निर्देशनालयका प्रमुख डिआईजी दिपककुमार थापा भन्छन्: “चालकले बोकेको अनुमतिपत्र सक्कली कि नक्कली भन्ने छुट्याउन गाह्रो भएको छ।”
तर विभागका अधिकारीहरू भने यसै वर्ष सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्ने बताउँछन्।
विभागले गत वर्ष ६० वटा मेसिन किनेपनि बोलपत्र गर्दा कार्ड पढ्ने चिप छुटेका कारण ती प्रयोगमा आउन सकेका छैनन्।
पुरानो कागजी लाइसेन्सलाई विस्थापित गर्दै हालसम्म १६ लाख स्मार्ट लाइसेन्स वितरण गरिसकिएको छ।
लाइसेन्स वितरणमा ढिला-सुस्ती भएपछि मासिक साढे दुई लाख लाइसेन्स छाप्ने मेसिन विभागमा ल्याइएको बताइएको छ। यसै वर्ष सबैलाई स्मार्ट लाइसेन्स बाँडिसक्ने विभागले जनाएको छ।
महानिर्देशक गोगनबहादुर हमालले भन्छन्: “यो वर्ष पनि हामी [पढ्ने मेसिन] किन्छौँ र गत वर्ष किनेकाहरूमा पनि चिप राख्छौँ।”
नयाँ मेसिन किन्न बोलपत्रका लागि तयारी भइरेहेको हमाल बताउँछन्।

चालकले जाँचका बेला देखाउने स्मार्ट लाइसेन्स नक्कली वा सक्कली के हो छुट्ट्याउन र चालकको वैयक्तिक एवम् ट्राफिक कारबाहीको विवरण थाहा पाउन मेसिन आवश्यक पर्छ।
ट्राफिक निर्देशनालयका थापा भन्छन्: “जम्मा एउटा मेसिन छ, त्यहीले काम चलाएका छौँ।” “जिल्लाहरूमा त छँदै छैन। हामीले यातायात व्यवस्था विभागसँग मेसिनको माग गरिरहेका छौँ।”
विभागले भने यसै वर्ष प्रहरीलाई मेसिन दिने बताएको छ। बिबिसी नेपाली सेवाबाट