टाटाको रिटेल च्याम्पियन कार्यक्रम– उत्कृष्ठ डिलरलाई टाटा एच फाइभ

Diyo post  

काठमाडौँ ,भदौ ३१ । टाटा मोटर्सद्धारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर्स उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । सम्मान स्वरुप टाटा मोटर्स द्घारा टाटा एच फाईभ प्रदान गरेको छ ।

उक्त कार्यक्रममा टाटा मोटर्सका आई वि हेड (पार्टर्स) श्री राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ द्धारा सयुक्त रुपमा हस्तान्तरण गरिएको छ । टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराइदिएप्रति अध्यक्षद्वयले धन्यबाद व्यक्त गर्दै आगामी दिनमा थप जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गरेका छन् ।

कार्यक्रममा सिप्रदी अटो पार्ट्सका प्रवन्धक युवराज बुढाथोकीले टाटाका ग्राहकहरुलाई जेन्युन स्पेयर्स पाट्र्सहरु उपलब्ध गराउन सहयोग गर्ने च्यानलहरुलाई प्रोत्साहन तथा सम्मानका साथ अन्य कार्यक्रमहरु ल्याउने बताए । उनले कम्पनीको सेवा प्रवद्र्धन गर्न सहयोग गर्ने सम्पुर्ण आधिकारीक डिलरका संचालकहरुलाई धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित खबर