काठमाडौँ, भदौ ३१ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगता (साग)का लागि बक्सिङतर्फ १० महिला र ६ पुरुषसहित १६ जना खेलाडी छनोटमा परेका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारिरीक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगितामा पुरुषतर्फ २९ जना बाट १० र महिलातर्फ १४ जनाबाट ६ जना गरि १६ जना छनोट भएका हुन् ।
आजभएको फाइनलखेलमा महिला तर्फ ४५ केजी तौल समुहमा त्रिभुवन आर्मीकी मिना गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० को स्कोरले हराउदै छनोटहुन सफल भइन् । यस्तै ५७ केजीमा आर्मीकै चन्द्रकला थापाले एपिएफकी माया चौधरीलाई ५–० कै स्कोरले हराएर छनोटमा स्थान् बनाइन् भने ६४ केजी तौलमा आर्मीकै पुनम रावल छनोट हुन सफल भइन् उन्ले एपिएफका विमिता थापा मगरलाई ३–२ को स्कोरले हारएकी थिइन् ।
मंगलबार भएको पुरुष फाइनलतर्फको ३९ केजी तौलसमुहमा आर्मीका शुनिल थापामगरले एपिएफका प्रदीप महर्जनलाई ५–० को स्कोरले हराएर छनोटमा पर्न सफल भए । ५६ केजीमा एपिएफका पुरन लाईलाईले आर्मीका पुरन सुनारलाई ३–२ ले हराएर छनोट हुँदा ६९ केजीमा विकास लामाले छनोटमा स्थान बनाए उन्ले प्रदेश नम्बर–३ का मनिष डंगोललाई ४–१ को स्कोरले पाखा लगाए ।
७५ केजीमा आर्मीका दिपक श्रेष्ठले प्रदेश नम्बर –३ का भुमीलाल लिवसलाई ५–० ले हराएर छनोटमा प्रवेश गरे भने ८१ केजी तौल समुहमा प्रदेश नम्बर –३ का मनोहर बस्नेत (म्याक्स)ले आर्मीका गणेश प्रधानलाई ३–२ को स्कोरले हराएर छनोटमा स्थान बनाए । यसअघि सोमबार भएको फाइनलमा पुरुषतर्फ पाँच तथा महिला तर्फ तीनजाना छनोट भएका थिए ।