काठमाडौँ, असोज १ । काठमाडौँको स्वयम्भुमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सानो भर्याङ निवासी २० बर्षीय सम्मान भट्ट रहेका छन् ।
मंगलबार साँझ भट्टले चलाएको बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । दुर्घटना पश्चात बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
बसका चालकलाई सवारी ज्यान मुद्धा चलाइएको र मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।