काठमाडौँ, असोज २ । नेपालले फुटबलमा सुधार गरेको छ । बिहीबार फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल पाँच स्थान उक्लिएको छ ।
पुरुष फुटबलमा गतमहिना १ सय ६६ स्थानमा भएको नेपाल यसपाली पाँच स्थान सुधार गर्दै १ सय ६१ औँ स्थानमा आइपुगेको छ । महिला टोलीले पनि २ स्थान सुधार गर्दै १ सय १ औँ स्थानमा उक्लिएको छ ।
नेपालभन्दा तल रहेको भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, पाकिस्तान २ सय ३ र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै छैटौं स्थानमा उरुग्वे, सातौं स्पेन, आठौंमा क्रोएसिया, नवौंमा कोलम्बिया र दशौंमा अर्जेन्टिना रहेका छन् ।