दुईदिनसम्म दोहोरो अंकले बढेको नेप्से फेरी घट्यो

Diyo post  

काठमाडौँ, असोज २ । लगातार दुई दिन उच्च अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकले घटेको छ ।

साताको बिहीबार नेप्से १८।१२ अंकले घटेर ११५५.३० बिन्दूमा झरेको छ । कुल १६६ वटा कम्पनीको १२ लाख २४ हजारभन्दा बढी कित्ता शेयर करिब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका व्यापार र सामूहिक लगानी कोष बाहेक सबै समूह घटेका छन् । लगातारको गिरावटपछि नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका थिए । तर, पुनः ओरालो लागेको छ । बिहीबार पनि सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ ।

यस कम्पनीको ५ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको हो । यस दिन समता माइक्रो फाइनन्सका लगानीकर्ताले धेरै कमाएका छन् ।

यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुराँस लघुवित्त कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर