आफ्नो फोटो हेर्दै क्यानडाका प्रधानमन्त्रीले गरे क्षमा याचना

दियो पोस्ट  

क्यानडा असोज ४ । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्।

लिवरल पार्टीका नेतासमेत रहनुभएका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो ।

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा छन् ।

उनको पुरानो फोटोले उनले अहिले तानवमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ ।

उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ ।

ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उनका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् ।

उनले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाई छ ।

उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन् । तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आपूु नभएको उनको दावी छ ।

उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए ।

सम्बन्धित खबर