काठमाडौँ, असोज ५ । बिस्तारै घटिरहेको सुनको म्ुल्यमा आइतबार पुन बढेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबारको तुलनामा तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आइतबार ७१ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य आइतबार प्रतितोला ५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।