एक किशोरी जब ‘जन्ती’ लिएर बेहुलाको घरमा पुगिन

दियो पोस्ट  

बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका भाइरल भएका छन् ।

यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुग्नुभएको थियो । शनिबार सम्पन्न विवाह बङ्गलामदेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो ।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भएपनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ । खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्टाएको छ ।

“हो, परम्परागतरूपमा यो असामान्य हो । तर, अन्य दिदीबहीनीहरूले पनि यसलाई ब्यवहारमा ल्याउने शाहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूवात गरेँ,” खुशीले बताईन ।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो ।

इस्लामले भने, “महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ । यसलाई हाम्रो परिवार र समाजले स्वीकार ग¥यो ।”

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ ।

विवाहपछि उनीहरूको विवाहको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ । यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यासबारेमा तातो बहस शुरू भएको छ ।

TATA ADD