सुनको मुल्यमा एक सय रुपैयाँको वृद्धी, तोलाको ७१ हजार तीन सय !

दियो पोस्ट  

काठमाडौँ, असोज ७ । सुनको मुल्य पुनः वृद्धी भएको छ । सामान्य रुपमा घटिरहेको सुनको मुल्य मंगलबार पुन बढेको छ ।

सोमबारसम्म प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनमा मंगलबार एक सय रुपैयाँले वृद्धी भई ७१ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७१ हजार १ रुपैयाँ कायम भएको छ ।

चाँदीको मुल्यमा पनि १० रुपैयाँले वृद्धी भएको छ । सोमबार ८ सय ७५ रुपैयाँ प्रतितोला कारोबार भएको असली चाँदी मंगलबार प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

सुनको मुल्य बढेको कारण ग्राहक आउन छाडेपछि सुनचाँदी व्यवसायीहरु मारमा परेका छन् । सुनको भाउको कारण दैनिक हुँदै आएको कारोबारमा ह्रास आएको व्यवसायीहरु बताउँछन् । दशैँ नजिकिँदै गर्दा व्यवसाय नचलेपछि थप संकटमा परेको सुनचाँदी व्यवसायीहरुको गुनासो रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले भने सुनको मुल्य अन्तराष्ट्रिय बजारबाटै बढेर आएको कारणले नेपालमा पनि बढेको बताएको छ ।

यस बर्ष सुनचाँदीको मुल्य ७३ हजार पाँच सय प्रतितोला सम्म पुगेको थियो । तीज सक्किएलगत्तै सुनको मुल्यमा सामान्य उतारचढाव हुन थालेको हो ।

सिफारिस