स्पेनिस लालिगाः ओसासुनालाई २–० ले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

Diyo post  

काठमाडौँ, असोज ९ । रियल मड्रिड स्पेनिस लालिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति रियलको घरेलु् मैदानमा भएको खेलमा ओसासनालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

गएरातिको खेलमा रियलले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा भिनिसियस जुनीयर र रोद्रिगोले एक एक गोल गरे । सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको रियलले ३६ औं मिनेटमा अग्रता बनायो । उसका लागि टोनी क्रुसको पासमा भिनिसियस जुनीयरले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो । ५७ हजार दर्शकमाझ भएको खेलमा रियलका लागि ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्न सफल भए । त्यसपछि पनि रियलले अरु केहि मौका पाएपनि गोल थप्न सकेन ।

यो जितले रियलले ६ खेलमा १५ अंक बनाउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।

सम्बन्धित खबर