काठमाडौँ, असोज ९ । फ्रेञ्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) आफ्नै होम ग्राउण्डमा पराजित भएको छ । साविक विजेता समेत रहेको पीएसजी बुधबार रिम्ससँग २–० गोलले स्तब्ध भएको हो ।
पीएसजीले १६ महिनापछि घरेलु मैदानमा हार ब्यहोरेको हो । रिम्सका लागि २९ औँ मिनेटमा कामाराले पहिलो गोल गरेका थिए । पहिलो हाफमा रिम्सले एक गोल मात्र प्रहार गर्दा पीएसजीले कुनैपनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा रिम्सका डियाले पुनः गोल गरेपछि पीएसजी आफ्नै घरमा २–० गोलले पराजित भएको थियो ।
पीएसजीले कैयौँ पटक आक्रमणको कोशिस भने गरेको थियो । गोलको अवसरहरु सिर्जना भएतापनि रिम्सका गोलकिपर बाधक बने । पीएसजीको सुनौलो अवसरलाई पनि रिम्सका किपर निरुत्साहित गर्न सफल रह
हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ ।
आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।