काठमाडौँ, असोज ९ । बुधबार सम्म बढेको सुनको मुल्य विहीबार एकै पटक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको प्रतितोला मुल्य ७२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मुल्य ७० हजार प्रतितोला रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्यमा सामान्य गिरावट भई प्रतितोल ८ सय ६५ मा कारोबार भइरहेको छ ।