भारतको पुनेमा बाढीः नौ बर्षीय बालकसहित १७ जनाको मृत्यु, १५ हजारको उद्धार

दियो पोस्ट  

एजेन्सी । भारतको पुनेमा बाढीबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेमा नौ बर्षीय बालक समेत रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फदनबीसले बाढीको कारण मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै सुरक्षाकर्मीहरुलाई उद्धारको लागि खट्नको लागि निर्देशन दिएका छन् ।

उद्धारमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार हालसम्म १५ हजार मानिसहरुलाई उद्धार गरिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । यहाँका स्कुल, कलेज समेत बन्द गरिएको छ । यस वर्ष भारतका विभिन्न क्षेत्रमा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भइसकेको छ ।