काठमाडौँ, असोज १० । सुनको मुल्य पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनमा प्रतितोला दुई सय घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको प्रतितोला मुल्य ७० हजार ५ सय रहेको छ । चाँदीको मुल्य प्रतितोला ८ सय ६० रहेको छ ।
सुनको मुल्य गत बुधबारदेखि निरन्तर घटिरहेको छ । तीन दिनमा सुुनको मुल्य १८ सय रुपैयाँ प्रतितोलाको दरले घटेको महासंघले जनाएको छ । विहीबार मात्रै छापावाल सुन ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।