काठमाडौँ, असोज १० । मोरङको लेटाङ नगरपालिका(२ हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ।
शुक्रबार बिहान ७ बजे दिसा बस्न खोलामा गएका मगरलाई खोलाले बगाएको हो।
मृत अवस्थामा फेला परेको भनी स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनस्थल गएको थियो।