काठमाडौँ, असोज १० । भारतीय सिमातफै लैजाँदै गरेको १८ किलो अवैध चाँदी सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पीपरा गाउँपालिका वडा नम्बर ५ का ३० बर्षीय भरतकुमार साह रहेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा शुक्रबार चेकजाँचको क्रममा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका उनीबाट ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको बताइएको छ ।
बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ । पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।