काठमाडौं । दशैं शुरु भएको साताको पहिलो दिनको कारोबारमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो भएको छ । आइतबार नेप्से ४.६६ अंकले घटेर ११२५.१४ बिन्दूमा झरेको छ ।
कुल १५६ वटा कम्पनीको ९ लाख २४ हजारभन्दा बढी कित्ता शेयर २४ करोड १४ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा विकास बैंक, अन्य समूहबाहेक सबै समूह घटेका छन् । यस दिन प्रभु बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस बैंकको शेयर ३ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आइतबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ३.७७ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन ऊर्जाका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।