काठमाडौँ, असोज १२ । भारतले पहिलो पटक साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा साविक उपविजेता बंगलादेशलाई दुई एकले हराउँदै भारतले उपाधि उचाल्यो ।
हलचोक स्थित सशस्त्र प्रहारी बलको मैदानमा भएको खेलको पहिलो हाफमा निकै तनावपुर्ण रह्यो । नेपाली रेफ्रिले पहिलो हाफमा तीन वटा रातोकार्ड दिए । जसमा बंगलादेशका दुई र भारतका एक खेलाडीलाई उनले रातोकार्ड देखाए ।
खेलको दोस्रो मिनेटमा नै बिक्रमको गोलमा भारतले अग्रता बनायो । एक गोलले पछि परेको अवस्थामा २३ औं मिनेटमा दुबै टिमका खेलाडी विच अभद्र ब्यवहार भएपछि भारतका गुरकिरत र बंगलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाए । जसका कारण दुबै टिम १० खेलाडीमा झर्न पुगे ।
तर ४० औं मिनेटमा बंगलादेशले खेल बराबरी गर्न सफल भयो । उसका लागि यासिनले नै गोल गरे । तर उनले गोलको खुसी अनुशासन विपरित गरेको भन्दै रेफ्रिले दोहोरो पहेलो कार्ड देखाए । जसका कारण बंगलादेश नौ खेलाडीमा झर्न पुग्यो ।
रेफ्रिको निर्णयमा आपत्ति जनाएका बंगलादेशका खेलाडीले केहि बेर खेल रोकेका थिए । यासिन मैदानबाट बाहिरीन नमानेपछि खेल रोकिएको थियो ।
पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा भारतले एकगोल थप्न सफल भयो । उसका लागि खेलको इन्जुरी समयमा रबीले गोल गरे । त्यसपछि बंगलादेश खेलमा फर्कन सकेन र पराजित भयो ।
बंगलादेश यो प्रतियोगिताको फाइनलमा पराजित भएको दोस्रो पटक हो । अघिल्लो संस्करणमा नेपाल बंगलादेश नेपालसँग हारेको थियो । भारत भने पहिलो संस्करणको यू-१८ साफको फाइनलमा नेपालसँग हारेको थियो ।