जुम्लाका सिडिओलाई कोरोना संक्रमण

जुम्लाका सिडिओलाई कोरोना संक्रमण

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना देखिएको हो ।

प्रजिअ अधिकारीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई भन्न पनि आग्रह गरेका छन् ।

Trending News