धादिङ, २२ भदौ । पछिल्लो समय देशमा रासायनिक मलको हाहाकार छ । मलको चरम अभावबीच किसानहरुका लागी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कृषि सहकारी मार्फत् किसानका लागी अनुदानमा मल उपलब्ध गराएको छ । तर साल्ट ट्रेडिङले उपलब्ध गराएको मल समेत सहकारीले बिचौलिया मार्फत महंगो मुल्यमा बिक्रि गर्ने गरेको पाइएको छ ।
नेकपाका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भुमि प्रसाद त्रिपाठीको पहलमा साल्ट ट्रेडिङ कर्पोरेशन लि.काठमाण्डौबाट जिल्लाको दुई सहकारीलाई अनुदानमा उपलब्ध गराएको ४ सय २० बोरा युरीया मलमध्ये बेनिघाट रोराङ गाँउपालिका वडा नं.२ स्थित ताल्तीमा रहेको दियालो सानाकिसान कृषि सहकारी संस्थाले भने सहकारी नपुग्दै बिचौलिया मार्फत् बीच बाटोमै बिक्रि गर्ने गरेको खुलाशा भएको छ ।
हिजो मात्र साम्सद त्रिपाठीको पहलमा साल्ट ट्रेडिङ कर्पोरेशन लि.काठमाण्डौबाट किसानका लागि भन्दै दियालो सानाकिसान कृषि सहकारी संस्था बेनिघाट रोराङ वडा नं.२ स्थित ताल्तीका लागि २१० मल बोरा लगेको थियो तर सहकारीले लगेको उक्त मल मध्ये ७० बोरा मल भने सहकारी नपुग्दै बीच बाटोमा बिक्रि महँगोमा विक्री गरेको पाइएको छ ।
किसानका लागी सांसदको पहलमा उक्त सहकारीका लागि प्राप्त भएको मल सिधै सहकारीमा लगि सोहि स्थानका किसानलाई बितरण गर्नु पर्नेमा सहकारीका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा ताल्ती जाने बाटोमै एक बिचौलियाले खरिद गरी महंगो मुल्यमा बिक्रि गरिएको किसानहरुले बताएका छन् ।
किसानहरुले स्थानिय जनप्रतिनिधी र सांसदसंग पटक पटक आग्रह गरेपछि त्रिपाठीले साल्ट ट्रेडिङ मार्फत् उपलव्ध गराएको उक्त मल सहकारीका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा गजुरी गाँउपालिकाका जनप्रतिनिधीलेनै खरिद गरी महंगो मुल्यमा बिक्रि गरेको स्थानिय किसानहरुले बताएका छन् ।
केहि समयअघि उक्त सहकारीले प्रति बोरा रु.२ हजार ५ सयमा विक्री गर्दै आएको थियो ।
सहकारी नै कालोबजारी गरेको पाइएपछि विरोध भएको थियो । पछि १ हजार २ सय ५० मा बिक्री गर्ने गरेको थियो । किसानहरुले सहकारीले मलको महंगो मुल्य लिएको भन्दै बिरोध गरेपछि हिजो भने सहकारीकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा ७० बोरा मल, गजुरी गाँउपालिका वडा नं. २ का सदस्य समेत रहेका स्थानिय नेकपा नेता नेतानन्द थपलिया मार्फत् बिक्रि गरेको थियो ।
वडा सदस्य थपलियाले सहकारीसंग प्रतिबोरा रु.९ सयमा मल खरिद गरी रु.१ हजार २ सयमा बिक्री गरेका थिए । यता किसानहरुले भने सहकारीले सिधै किसानलाई मल बितरण गर्नुपर्नेमा बिचौलिया मार्फत् बितरण गरेको भन्दै आपत्ती जनायका छन् ।
नाम नबताउने शर्तमा उक्त सहकारीका एक शेयर सदस्यले भने “सांसद र गाँउपालिकाको जनप्रतिनीधिसंग अनुरोध ग¥यौँ । सांसदको पहलमा मल आयो तर स्थानिय जनप्रतिनिधीले आफुले ठूलै काम गरेको जस्तो देखाएर आफैँ कमाउ धन्दामा लागेको रैछ, हाम्रै लागि अनुदानमा मल आएपसन हामीले महंगै मुल्यमा मल पाँयौ, कतिपय किसानहरु हेरेको हे¥यै भएका छन् । जनप्रतिनिधीले जनताको लागि निस्वार्थ भएर सोच्ने हो भने के कुराको समस्या हुन्छ र, अहिलेसम्म मल नआएको पनि यस्तै जनप्रतिनीधी भएर हो, काम गरेको जस्तो पनि गर्ने तर आफ्नो दुहुनो त सोझ्याईहाल्छन् , जे होस मल पाएकोमा खुसी त मान्नै प¥र्यो ।”
यो बिषयमा उक्त सहकारीकी ब्यवस्थापक अम्बिका खड्का थापा संग ९८४८५०७६७३ नं.मा पटक पटक टेलिफोन सम्पर्क गर्दा समेत उनीसंग सम्पर्क हुन सकेन । त्यस्तै बिचौलिया नेतानन्द थपलियाको ९८४९२७८५८६ नं.मा पटक पटक टेलिफोन सम्पर्क गर्दा समेत उनले फोन उठायनन् ।
यता साल्ट ट्रेडिङ कर्पोरेशनले भने प्रत्येक सहकारीलाई ७ सय ५२ रुपैयाँ ५० पैसामा मल उपलव्ध गराएको बताएको छ । कर्पोरेशनका एक कर्मचारीका अनुसार सहकारीले बढीमा २० रुपैया प्रति केजी तथा प्रति बोरा १ हजार रुपैयाँ भन्दा बढी मूल्यमा विक्री बितरण गर्न पाउदैनन् । आजको मितिसम्म सहरकारीले ५० केजीको प्रति बोरा मल १ हजार रुपैयाँ भन्दा बढी मूल्यमा किसानलाई विक्री वितरण गर्न नपाउने उनको भनाइ छ । यद्धपी अत्यधिक लामो दूरीमा रहेका स्थानमा भने सहरकरीको समितिलेनै किसानलाई अग्रिम जानकारी गराई १ हजार भन्दा केहि माथि मूल्य कायम गर्न सक्ने छन् ।
उक्त सहकारीकी ब्यवस्थापक अम्बिका खड्का थापा बेनिघाट रोराङ गाँउपालिका वडा नं.२ का वडाध्यक्ष टंक थापाको बुहारी हुन् । भने थपलिया गजुरी गाँउपालिका वडा नं.२ का वडा सदस्य हुन् ।
केही सहकारीले सुपथ मूल्यमा बेचेको भएपनि केहीले चर्को मूल्य लिने गरेको गुनासो कृषि ज्ञान केन्द्रमा पुग्ने गरेको छ । यता मलेखु स्थित् उपकार साना किसान कृषी सहकारी संस्था लि.ले भने प्रति बोरा ९ सयमै युरिया मल बिक्रि गरेको बताएको छ ।
अपडेट :
यसैबीच दियोपोस्टको सम्पर्कमा आएका नेतातन्द थपलियाले आफूले मल ल्याउनका लागि सहजीकरण गरिदिएको तर बेचविखन नगरेको बताए ।
उनले आफूले किसानहरुमा मलको हाहाकार भएपछि सांसद भूमि त्रिपाठी समक्ष पहल गरेर मल ल्याउन सहजिकरण गरिदिएको बताए ।