दियालो साना किसान सहकारीले भन्यो,‘युरिया मल प्रतिबोरा १ हजार रुपैयाँमा बेचेका हौँ’

दियो पोस्ट  

धादिङ, २५ भदौ । धादिङको बेनिघाट गाउँपालिका ताल्ती र गजुरी गाउँपालिका मलेखुमा महँगोमा मेल बेचेको विषयमा प्रकाशित समाचारको दियालो साना किसान सहकारीले खण्डन गरेको छ ।


धादिङको बेनिघाट गाउँपालिका २ ताल्तीमा रहेको दियालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले साल्ट ट्रेडिङबाट सस्तोमा खरिद गरेर ताल्ती देखि गजुरी गाउँपािलका २ मलेखुसम्म महँगोमा रसायनिक मल बेचेको विषयमा दियोपोस्ट डटकमले समाचार प्रकाशित गरेको थियो ।

सोही समाचारको विषयमा खण्डन गर्दै सहकारीकी प्रबन्धक अंविका खड्काले आफूहरुले साल्ट ट्रेडिङबाट प्रतिबोरा ८ सय १६ रुपैयाँमा खरिद गरि ९ सय रुपैयामा बेचेको बताएकी छिन् ।


उनका अनुसार सहकारीले गत भदौ १२ गते साल्ट ट्रेडिङबाट प्रति बोरा ८०५ रुपैयाँका दरले खरिद गरिएको मल सहकारीका सदस्यलाई भने प्रति बोरा १ हजार रुपैयाँका दरले २ सय १० बोरा रसानीक मल बेचिएको थियो ।

त्यस्तै भदौ २१ गते भने साल्ट ट्रेडिङबाटै खरिद गरेर ल्याइएको २१० बोरा युरिया मल मध्ये सांसद भूमि त्रिपाठीको आग्रहमा गजुरीकै वडा सदस्य नेतानन्द थपलिया र चुडामणी कँडेललाई ६९ जना किसानको नाम सहित वितरण गरिएको थियो ।


सहकारीले युरिया मल प्रति बोरा १ हजार रुपैयाँ र डिएपी प्रतिबोरा २५ सय रुपैयाँमा विक्री गरेको जनाएको छ ।

TATA ADD