बीबीसी । भारतीय जनता पार्टीका नेता तथा राज्य सभाका नव निर्वाचित सदस्य अशोक गस्तिको कारोना भाइरस संक्रमणबाट निधन भएको छ ।
बुधबार बैंगलोर स्थित अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको हो ।
५५ वर्षिय अशोक गस्ती यसै वर्ष २२ जुलाईमा राज्यसभा सांसदको रुपमा सपथ लिएका थिए ।
राज्य सभा सदस्य बन्नुअघि उनी कर्नाटक पिछडा वर्ग आयोगको अध्यक्ष समेत थिए ।
पेसाले वकिल रहेका उनी कर्नाटक राज्यका रायचुर जिल्लामा भारतीय जनता पार्६ीलाई बलियो बनाएको श्रेय दिइने गरेको छ ।
भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयंसेवक संघ अर्थात आरएसएसका सदस्य रहेका अशोक कर्नाटक स्थित विजेपी युवा मोर्चाको अध्यक्ष समेत थिए । विजेपी नेता तथा गृहमन्त्री अमित शाहले उनको निधनमा शोक व्यक्त गरेका छन् ।