बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दियो पोस्ट  

नेपालगञ्ज, १ असोज। बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका.१ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधवार बेलुका कोरोना संक्रमण पुष्टि भएका पुरुषको उपचारका क्रममा बिहीवार बेलुका सवा ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

दुवै फोक्सोमा निमोनिया भएका उनको बुधबार रातिदेखि भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।

ती पुरुष अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

अस्पतालले ३१ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सोही दिन भेरी अस्पतालमा रिफर गरेको थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

TATA ADD