नेकपाका नेता तथा भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई कोरोना पुष्टि !

नेकपाका नेता तथा भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई कोरोना पुष्टि !

भक्तपुर । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत हुन्।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्।

भक्तपुरमा हालसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको छ भने १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

Trending News