पायल घोषले लगाइन् निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप !

पायल घोषले लगाइन् निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप !

मुम्बई । बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी छन्। उनले ट्वीट गर्दै कश्यपलाई कारबाही गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेकी छन्।

उनले अनुराग कश्यपलाई ट्याग गर्दै भनेकी छन्–‘अनुराग कश्यपले मलाई जबर्जस्ती गरे, नरेन्द्र मोदीजी कृपया उनलाई कारबाही गर्नुस् र यो व्यक्तिको वास्तविकता देशलाई देखाइदिनोस्, मलाई थाहा छ यसो भन्नु मेरालागि सुरक्षाका हिसाबले खतरा छ, मलाई सहयोग गर्नुस्।’

पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनावतले मीटू ह्यासट्यागमा रिट्वीट गर्दै लेखेकी छन्, ‘हरेक आवाजका महत्व हुन्छन्, अनुराग कश्यपलाई पक्राउ गरियोस्।’

पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाका बारेमा जानकारी माग गरेकी छन्।

निर्देशक अनुराग कश्यपले आफूमाथि लगाइएको आरोपलाई ट्वीटमार्फत् अस्वीकार गरेका छन्।

Trending News