चितवन, ४ असोज । चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको हो।
चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको उल्लेख गरिएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको थियो ।