विनाअक्सिजन सगरमाथा आरोहण गरि विश्व रेकर्ड राख्ने आङरिता शेर्पाको निधन !

विनाअक्सिजन सगरमाथा आरोहण गरि विश्व रेकर्ड राख्ने आङरिता शेर्पाको निधन !

काठमाडौं । १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राख्न सफल अनि प्रख्यात हिमाल आरोही आङरिता शेर्पा ‘हिमचितुवा’को निधन भएको छ।

उनको आज बिहान १० बजे जोरपाटीस्थित निवासमा निधन भएको हो। उनको ७२ बर्षको उमेरमा निधन भएको हो।

१० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका आङरिता ‘हिमचितुवा’ उपनामले चिनिन्थे।

सोलुखुम्बुको थामेमा जन्मिएका आङरिताले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए।

Trending News