थप १ हजार ३५६ जनामा संक्रमण, संक्रमितको संख्या ६६ हजार ६३२ पुग्यो

थप १ हजार ३५६ जनामा संक्रमण, संक्रमितको संख्या ६६ हजार ६३२ पुग्यो

काठमाडौं, ६ असोज। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५६ जनालाइ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

Trending News