थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

काठमाडौं, ६ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३५६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै हालसम्म संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।

मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

Trending News