पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण,१,१७२ जनामा कोरोना पुष्टि

दियो पोस्ट  

काठमाडौं, ७ असोज। पछिल्लो २४ घण्टामा थप १,१७२ जनामा कोरोना पुष्टि भएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार ८०४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८९३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए। बुधबार थप ७ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४३६ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको छ।

सम्बन्धित खबर

ट्रेन्डिङ