काठमाडौं, ८ असोज । नेपालमा ठूला र क वर्गका भनिएका बैंकहरुले नै नक्कली नोटको कारोबार गर्ने गरेको पाइएको छ ।
वाणिज्य बैंकहरु एनआईसी एशिया, ग्लोबल आइएमई बैंक र सिभिल बैंकमा नक्कली नोटको कारोबार हुने गरेको तथ्य बाहिर आएको हो ।
केहिदिनदेखि यी तीन वटा बैंकको शिल भएर आएका नोटहरुमा गभर्नरको हस्ताक्षेर समेत नभएको पाइएको छ ।
सनराइज बैंकको ओखलढुंगा शाखामा यस्ता नोटहरु देखिएको त्यहाँका प्रबन्ध निर्देशकले बताएका छन् ।
उक्त बैंकमा शंकाष्द नोट भटिएपछि राष्ट्र बैंकलाई समेत जानकारी गराइएको छ ।
सनराइज बैंकले कारोबार गर्ने क्रममा गभर्नरको हस्ताएक्षर नभएका ५ सय रुपैयाँका नोट क्रमश आइतबार दुई थान, सोमबार तीन थान र मंगलबार आठ थान फेला पारेको छ । त्यस्तै मेगा बैंक शाखामा पनि दुई थान गभर्नरकै हस्ताक्षर नभएका नोट भेटिएको छ ।
उक्त नोटहरु ग्लोबल आइएमई बैंक, सिभिल बैंक र एनआईसी एशिया बैंकबाट सिल भएर आएको बन्डलमा भेटिएको सनराईज बैंकका शाखा कार्यालय ओखल ढुङ्गाका शाखा प्रबन्धक खेमराज राना मगरले जानकारी दिएका छन् ।
बुधबार मात्रै मेगा बैंकमा भेटिएको २ थान नोटमा पनि गभर्नरको हस्ताक्षर नभएको र हिमालको दृष्यमा समेत गढबढ भएको पाइएको छ । मेगा बैंकका शाखा प्रमुख शम्भु पराजुलीका अनुसार नोटमा हुनुपर्ने कुनै मापदण्ड समेत देखिएको छैन । यद्धपी नोट नक्कली हो वा सक्कली भन्ने विषयमा भने राष्ट्र बैंकले अनुसन्धान गरेपछि मात्रै पत्ता लाग्न सक्छ ।