जेटियुसिसिद्वारा विमानस्थल ट्याक्सी चालकलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दियो पोस्ट  

काठमाडौं । यातयात मजदुर संगठनको संयुक्त प्रयासमा प्रि–पेड ट्याक्सीका संम्पुर्ण चालकहरुलाई कोरोना भाइरस प्रतिरोधी सुरक्षा सामग्री प्रदान गरिएको छ ।


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालित प्रि–पेड ट्याक्सी का संम्पुर्ण चालकहरूलाई तीन ठूला यातायात मजदुर संगठनको सहगोगमा माक्स, पन्जा, सेनिटाईजर, फेस भाईजर बितरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा जेटियुसिसिका महासचिव लालकुमार लामाको प्रमुख आतिथ्यता रहेको थियो । बिमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लि को समन्वयमा भएको उक्त कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष रामचन्द्र कार्की, स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई र नेपाल यातायात मजदुर संगठनका अध्यक्ष धर्म भण्डारीको उपस्थिती रहेको थियो ।


कार्यक्रममा मजदुरहरुलाई जेटियुसिसिले मास्क, सेनिटाइजर, पञ्जा लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपाल यातयात व्यावसायी महासंघका बरिष्ठ उपाध्यक्ष तथा विमानस्थल हवाई यात्रु यातयात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष विजय बहादुर स्वाँरको समेत उपस्थिति थियो ।

बिमानस्थल हवाई यात्रु यातायात सेवाले आफ्नो कम्पनिमा कार्यरत सम्पूर्ण कर्मचारी चालक तथा व्यावसायीहरूलाई कोरना विमा समेत गरिसकेको प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले बताए ।

सम्बन्धित खबर