मोरङमा एक कोरोना संक्रमितको मृत्यु !

दियो पोस्ट  

मोरङ, १४ असोज । जिल्लाको जहदा गाउँपालिकामा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

जहदा गाउँपालिका वडा नं ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु बुधवार बिहान मृत्यु भएको अस्पतालका संयोजक डा.दीपक सिग्देलले जानकारी गराएका छन् ।

ती पुरुषलाई असोज ४ गते संक्रमण देखिएको थियो । लगत्तै कोसी कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताइएको छ ।

सम्बन्धित खबर