सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापतिको रिपोर्ट नेगेटिभ

दियो पोस्ट  

काठमाडौं, १४ असोज । सेल्फ क्वारेन्टिनमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सहयोगीमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति थापा गएको आइतबारदेखि सेल्फ क्वारेन्टिनमा थिए ।

प्रधानसेनापतिको शशिभवनस्थित निवासको भान्छामा कार्यरत एक सैनिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले प्रधानसेनापतिको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

सम्बन्धित खबर

ट्रेन्डिङ