काठमाडौं, १४ असोज । राजधानिको पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मीना खड्का रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घाइतेहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ग्यास विस्फोटबाट कृष्ण कार्कीको घरमा क्षति पुगेको छ । खाजा बनाउनका लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएर आगो लागेर ग्यास विस्फोट हो ।