दियोपोस्ट प्रभाव : अखाध्य माछा खुवाउने मलेखुका होटल मालिक प्रशासनको फन्दामा !

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र १८, २०७८ | ११:२२:००

दियोपोस्ट संवाददाता


धादिङ, १८ भदौ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखु बीच बजारमा रहेको होटल हङ्ग्री बर्ड रेष्टुरेन्ट एण्ड गेष्ट हाउसलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।


विहिबार काठमाडौंबाट नारायणगढ हिँडेका यात्रुलाई होटलमा माछासहितको खाना खुवाउने क्रममा माछामा किरा परेको भेटिएको थियो । यात्रुले दियोपोस्टलाई जानकारी दिएपछि समाचार समेत प्रकाशन भएको थियो ।

प्रकाशित समाचार तथा यात्रुको मौखिक उजुरीका आधारमा होटललाई विहिबार बेलुका नै २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।


उक्त होटलका मालिक प्रकाश त्रिपाठीले गल्ती भएको स्विकार गरेका थिए ।


जिल्ला प्रशासन कार्यालयका अनुसार होटलमा विभिन्न ६ किसिमका म्याद गुज्रिएका बिस्कुट र कुकीजहरु फेला परेको छ ।

कामदारहरुले कोभिड १९ को स्वास्स्थ्य मापदण्ड पालना नगरेको र होटल सञ्चालनमा लापरबाही गरेको प्रशासनले ठहर गरेको छ ।

सम्बन्धित खबर