धादिङको खरिमा लुन्द्र बहादुरको हत्या गर्ने अभियुक्त १७ वर्षपछि पक्राउ

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र १८, २०७८ | १४:०४:०५

काठमाडौं, १८ भदौ । जिल्ला प्रहरी कार्यालय धादिङले आजभन्दा १७ वर्षअघि धादिङको साविक खरीमा धारिलो हतियार प्रहार गरि हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यम बहादुर राना मगर रहेका छन् । उनले २०६१ साल कार्तिक १२ गते खरिकै तत्कालिन ५ नम्बर वडा निवासी लुन्द्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

मृतकका दाजु भिम बहादुर फ्यालीले मगरले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरले साविक खरि ४ स्थित हटियामा याम बहादुर विकको घरमा बसिरहेका लुन्द्र बहादुरलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

२०७७ मंसिर १० गते जिल्ला अदालत धादिङले जन्मकैद सजाय हुने फैसला गरेको थियो । उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तानी गर्न बाँकी रहेकाले प्रहरी चौकी साँधभञ्ज्याङले पक्राउ गरेको हो ।

सम्बन्धित खबर