दाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र १८, २०७८ | १७:४२:२४

काठमाडौं, १८ भदौ । दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए । रासस

सम्बन्धित खबर