धादिङ, २२ भदौ । धादिङको सिद्धलेक गाउँपालिका २ को वडा सभापतिमा सागर गुरुङ निर्वाचित भएका छन् ।
सोमबार भएको अधिवेशनबाट गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
स्थानीय स्तरमा निकै प्रभावशाली छवि बनाउन सफल रहेका युवा नेता गुरुङले आफू सर्वसम्मत रुपमा वडा सभपति निर्वाचित भएको जानकारी दिएका छन् ।
सभपतिमा निर्वाचित भएसँगै आगामी दिनमा सिंगो वडाको विकास र युवाहरुको परिचालनमा विशेष सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।