प्रगती र हेमराजले गाए ‘एमसीसी’ बिरुद्ध ‘खबरदारी’ गीत (भिडियोसहित)

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र २४, २०७८ | २१:१७:५३

काठमाडौँ । जन-कलाकार प्रगती महरा र हेमराज आश्रमको ‘एमसीसी’ बिरुद्धको गीत ‘खबरदार’ सार्वजनिक भएको छ । अमेरिकी सहयोग नियोग भनिएको ‘एमसीसी’को चौतर्फी विरोध भइरहेका बेला ‘नो एमसीसी’ भन्दै गीतबाट समेत विरोध गरिएको हो ।


मंगलबार हेमराज आश्रम युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई हेमराज आश्रमले शब्द सिर्जना गरेका हुन् । गीतमा ‘खबरदार नेताहरु हो, खबरदार दलालहरु हो’ भन्दै एमसीसीको बिरोध गरिएको छ । गीतमा भनिएको छ, ‘अमेरिका आउदैछ एमसीसी लिएर, देश लुट्न आउदैछ राइफल भिरेर, उधिन्न नपरोस सिरुपाते खुकुरी, लखेट्न नपरोस भाला तरवार बोकी’ भन्दै नेपालमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुने चेताबनी दिइएको छ ।


एमसीसीको बहानामा हाम्रो देशलाई इराक, अफगानिस्तान बनाउन अमेरिका नेपाल पस्न खोजेको कुरालाई गीतमा उल्लेख गरिएको छ । ५५ अर्बमा देश बेच्न नसकिने कुरा अभिव्यक्त गर्दै गीतमा हाम्रै देशको बाँकी रहेको कर उठाएर आफ्नो देश विकास गर्न सकिने कुरा बताइएको छ । शाशक किनिएका भएपनि जनता जाग्नुपर्ने भन्दै अहिले हामी जनताले कुरा नबुझे भोलि पछुताउनुपर्ने बिषय औंल्याइएको छ । संगीत सिर्जना, संगीत व्यवस्थापन समेत हेमराज आश्रमले गरेका छन् । आश्रम र प्रगती महराको युगल स्वर रहेको उक्त गीत आश्रम म्युजिकले उत्पादन गरेको छ ।

गायक आश्रम रक्तिम सांस्कृति परिवारका कलाकार हुन भने गायीका महरा भने अखिल नेपाल जनकलकार संघ लुम्बीनी प्रदेश संयोजक हुन् । गायीका महरा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराकी छोरी समेत हुन् । नेता महराले पार्टी भित्रै पनि एमसीसीको चर्को बिरोध गर्दै आएका छन् ।

सम्बन्धित खबर